नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सल्लाहकार परिषद् गठन

काठमाडाैं | बैशाख २०, २०८१

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सल्लाहकार परिषद् गठन

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सल्लाहकार परिषद् गठन गरेको छ ।

 

गत सालको चैत २६ गते बसेको महासंघको पूर्ण कार्यसमिति बैठकले विज्ञहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियासमेत आवश्यक पर्ने महशुस गरि परिषद् गठन गर्ने निर्णय गरेको थियो ।

 

सोही बैठकबाट सल्लाहकार परिषद्मा पूर्व मन्त्री तथा अन्तराष्ट्रिय चेम्वर अफ कमर्स नेपालका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, पूर्वमन्त्री माननीय छविलाल विश्वकर्मा चयन भएको महासंघका महासचिव निर बहादुर विश्वकर्माले जानकारी  दिए । 

 

उनका अनुसार सो परिषद्मा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, राष्ट्रिय सभाका सदस्य माननीय घनश्याम रिजाल, पूर्व सचिव तथा मधेश विश्वविद्यालयका डिन डा. मानबहादुर विश्वकर्मा, पूर्व सचिव तथा नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष गिरिधारी पौडेल, पूर्व राजदुत डा. निर्मल विश्वकर्मा, खानी तथा भूर्गभ विभागका पूर्व महानिर्देशक तथा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमख कार्यकारी अधिकृत डा. सोमनाथ सापकोटा, विज्ञ तथा लेखक बद्रिप्रसाद कोइरला, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, उच्च अदालतका पूर्व न्याधिश वरिष्ठ अधिवक्ता साधुराम सापकोटासहितको सदस्य रहने गरी गठन गरिएको छ ।

सल्लाहकार परिषद्का सदस्यहरुलाई गत १८ गते होटल बाराहीमा स्वागतसहित मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । 

 

सो परिषद्ले संस्थागत विकास एवं महासंघको समष्टिगत उद्देश्य प्राप्तिका लागि र संस्थाको परिकल्पना गरेका उद्धेश्य हाँसिल गर्न उल्लेखनीय सहयोग गर्ने महासंघले विश्वास लिएको छ ।
 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्